मिस पथरीशनिश्चरे सिजन २ फाल्गुन अन्तिम हप्ता देखि सुरु हुदै, विजेताले ताज सहित नगद १ लाख पुरस्कार प्राप्त गर्ने

मिस पथरीशनिश्चरे सिजन २ फाल्गुन अन्तिम हप्ता देखि सुरु हुदै, विजेताले ताज सहित नगद १ लाख पुरस्कार प्राप्त गर्ने


राजकुमारी तामाङ

मोरङको पथरीशनिश्चरेमा मिस पथरीशनिश्चरे सिजन २ फाल्गुन अन्तिम हप्ता देखि सुरु हुने भएको छ । मिस पथरीशनिश्चरेको पहिलो सिजन सफलतापुर्वक सम्पन्न भएकाले पुन दोस्रो सिजन गर्न लागिएको आयोजकका संयोजक सन्तोष राईले बताएका छन् ।
बुद्ध युथ कल्बको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । यस सिजनको फाईनल बैशाख २ गते हुने जनाइएको छ । फारम आवेदन दस्तुर ५ सय रुपैयाँ राखिएको प्रतियोगिताको फम सिटीजन नर्सिङहोम युनिक फोटो स्टुडियो र रेडियो स्मी्रकमा पाइनेछ ।
यस्तै सिजन २ को फाल्गुन २६ गते बाट अडिसन सूरु हुने र २५ गते सम्म फर्म भर्न सकिने आयोजकले जानकारी दिएको छ । नगर भित्रका १६ बर्ष देखि २५ बर्षसम्मका कम्तिमा एस इ इ उतिर्ण युवतीहरुले सहभागिता जनाउन सक्ने संयोजक राईले बताए ।
मिस पथरीशनिश्चरेको ताज सहित नगद १ लाख रुपैँया , द्वितीय र तृतीयलाई क्रमशः नगद ५० हजार र ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सो प्रतियोगितामा प्रथम, द्वितीय , तृतीयका साथै मिस ट्यालेन्ट, बेष्ट स्माईल,मिस फे्रण्डसिप,भिवरच्वाईज,मिस मल्टीमिडीया, मिस फोटोजेनिक, बेष्ट प्रसानालिटी र बेष्ट वक सहितको बिधामा सहभागी पुरस्कृत हुनेछन ।
सो प्रतियोगिताको अनुमानित लागत १४ लाख ५५ हजार रहेको राईले बताए । सो प्रतियोगिताको आजैबाट आवेदन खुल्ला गरिएको प्रतियोगिताका संयोजक राईले बताएका छन । उनले अडिसन पश्चात् फाइनल अघि २५ दिने बन्द प्रशिक्षण गराइने समेत बताएका छन ।
गत सिजन कि विजेता मिस रिजुको समेत आजको पत्रकार सम्मेलनका उपस्थिती रहेको थियो । उनले आफनो अनुभव सुनाउदै पहिलो सिजनबाट आफुले धेरै कुरा सिकेर मिस पुवाञ्चल पनि जित्न सफल भएको बताउछिन् । उनले अबको यो सिजन पनि पथरीले नै जित्नेमा बिश्वस्त रहेको बताईन् । यस्तै यो खुडकिलो मिस नेपाल र मिस वल्डमा जान सक्नेरहेको बताईन् ।

सम्बन्धित खवर