उदयपुरमा बृहद बृक्षरोपण कार्यक्रम

उदयपुरमा  बृहद बृक्षरोपण कार्यक्रम

उदयपुर : उदयपुरको प्रमुख सुन्दर पर्यटकीय तथा धार्मिक गन्तव्य रहेको रौतामाई गाउँपालिकामा रहेको रौतापोखरीमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्थितिका  बृहद बृक्षरोपण कार्यक्रम भएको छ।

रौतमाई गाउँपालिका वडा न.५ मा पर्ने क्षेत्रमा नेपाली सेना १८ नम्बर बाहिनीको नेतृत्वमा ६ हजार ३ सय बिभिन्न प्रजातिका फलफुलका बिरूवा रोपिएको हो । स्थानीय रौतामाई गाउँपालिका उदयपुरले उपलब्ध गराएको पाँचसय हेक्टर क्षेत्रफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले संयुक्त रूपमा बिरूवा रोप्नु भएको छ ।

बृक्षारोपण समारोहलाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले सरकारले लिएको एक नागरिक एक बृक्षारोपण अभियानलाई सफल बनाउन नेपाली सेनाले बृक्षारोपण अभियान संचालन गरेको बताउनु भयो । मुख्य मन्त्री राईले देशको विकास तथा समृद्धीको लागी कसरी काम गर्न सकिन्छ ।भनेर प्रदेश सरकारले नेपाली सेना सँग आवश्यक छलफल र सहकार्य गरिरहेको जानकारी दिनु भयो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भन्ने “नेपाली सेनाको आयोजना गरेको बृहद बृक्षरोपण कार्यक्रम प्रशंसा गर्दै सामाजिक क्षेत्रमा सेनाले उल्लेखनिय काम गरेको बताए ।” साथै नेपाली सेनाको समृद्ध नेपाल बनाउँन महत्पुर्ण भुमिका रहने समेत बताए। प्रधानसेनापती पूर्णचन्द्र थापाले “नेपाल सरकारले अघि सारेको एक नेपाली एक फलफुल विरुवा रोपण अभियानलाई सार्थक बनाउनका लागि वृक्षारोपण अभियान संचालन गरिएको बताए ।”

बृहद बृक्षरोपण कार्यक्रममा तीन हजार तेजपात, ३ सय नास्पती, टिमुर तीन हजार, रोपिएको रणसाद्रुल गण बोक्सेले जनाएको छ। रौतामाई गाउँपालिकाले विरुवा रोपण गरिएको क्षेत्रमा चरिचरण बन्द गराउँने गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए। रोपिएका विरुवाहरु सफल भए स्थानीयहरुको माग गरे निःशुल्क वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, प्रदेश सभा सदस्यहरु नारायण बुर्जामगर, अम्बिका थापा, नेकपाका जिल्ला अध्यक्ष बिनोद कटुवाल, विभ्रिन्न स्थानीयतहका प्रमुखहरु राजनितिकदलमा प्रतिनिधि, जनप्रतिनिधिहरु, नेपाली सेनाका अधिकृतहरु, उदयपुर जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, पत्रकार युवा विद्यार्थीहरु तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्तिथी रहेको थियो।

          

सम्बन्धित खवर