अनेरास्ववियू रतुवामाईले गर्याे प्रशिक्षण कार्यक्रम

अनेरास्ववियू रतुवामाईले गर्याे प्रशिक्षण कार्यक्रम

 

नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रतुवामाई नगर कार्यसमितिले रतुवामाई–१०, मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अ‍ेनेरास्ववियू केन्द्रिय निर्वाचन आयोग अध्यक्ष भाष्कर खनाल मुख्य प्रशिक्षक रहेको कार्यक्रममा महेन्द्र मावि अनेरास्ववियू कमिटी कार्यबाहक अध्यक्ष सुजन बिष्ट, अनेरास्ववियका लोकप्रिय विद्यार्थी नेता कुमार नेपाली लगायतको उपस्थिति रहेको थियो ।

३५ जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू के हो ? यसको जन्म कसरी भयो ? अनेरास्ववियूको आवश्यकता किन? अनेरास्ववियूको इतिहास लगायतका विषयमा प्रशिक्षण गराइएको महेन्द्र मावि कमिटीका कार्यबाहक अध्यक्ष सुजन बिष्टले जानकारी दिनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै भाष्कर खनालले विद्यार्थी आन्दोलनले आजका दिनमा शान्तिपूर्ण ढङ्गले सहमतीमय वातावरण तय गरेको बताउनुभयो । समाज रुपान्तरणमा विद्यार्थी महत्वपूर्ण छ र विकास निर्माणमा समेत विद्यार्थीको अहम भूमिका हुने पनि खनालले बताउनुभयो । अनेरास्ववियू एउटा दक्ष जनशक्ति उत्पादन गर्ने विद्यार्थी संगठन हो, उहाँले भन्नुभयो, “ हरेक विद्यार्थी सकारात्मक लक्ष्यका साथ अगाडी बढ्नुपर्छ । ”

सम्बन्धित खवर