सुनवर्षी मेयरकप फुटबलमा आयोजकको ३–० गोल अन्तरले बिजयी सुरुवात

सुनवर्षी मेयरकप फुटबलमा आयोजकको ३–० गोल अन्तरले बिजयी सुरुवात

पथरी, मोरङको सुनवर्षी मोयरकप फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक सुनवर्षी ए टिमले बिजयी सुरुवात गरेको छ । वडा नं. २ को अमरदह स्थीत बिरेन्द्र सावैजनिक माविको खेल मैदानमा आजबाट सुरु भएको खेलमा ग्रामथान गाउँपालिकालाई ० का विरुद्ध ३ गोल गर्दै सुनवर्षीले बिजयी सुरुवात गरेको हो ।

निर्धारित ७० मिनेटको खेलको ४३ औँ मिनेटमा सुनवर्षीका विकास बस्नेतले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५२ औँ मिनेटमा विवेक लिम्बुले थप गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

खेलको अन्तिम सयममा सुनवर्षीकै विकास बस्नेतले थप १ गोल गर्दा ग्रामथान गाउँपालिकाले शुन्यको विरुद्द ३ गोलले हार व्यहोर्नु परेको थियो । खेलको म्यान अफ द म्याच सुनवार्षीका बिनोद चौधरी घोषित भए ।

यसअघि निवर्तमान प्रदेश प्रमुख गोविन्द तुम्बाहाम्फेले एक भव्य कार्यक्रमका बिच खेलको उद्घाटन गर्नुभएको थियो । शान्तीको प्रतिक जोडी परेवा उढाउदै र खेलका प्रमुख रेफ्रिलाई फुटवल हस्तान्तरण गर्दै तुम्बाहाम्फेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा विभिन्न जातजातीका झाँकी नृत्य, विद्यालयहरुका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन खेललाई प्रमुख अतिथि तुम्बाहाम्फे, सुनवर्षी नगरपालिका मेयर कालि प्रसाद दास, उप मेयर मन्जु कुमारी राई, वडाअध्यक्ष टेक बहादुर भटराई, तेज नारायण ताजपुरीया लगायतले शुभकामना मन्त्वय व्यतm गर्नुभएको थियो । प्रतियोगिताको शनिवारको खेल सुन्दरहरैँचा नगरपालिका र बुढिगंगा गाऊपालिका बिच हुने खेल संयोजक यादव बस्नेतले जानकारी दिनुभयो ।

भ्रमण वर्ष सफल पारौँ भन्ने मुल नारा लिएर सुरु भएको खेल अवधीभरमा नगरका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने तयारी आयोजकले गरेको छ । प्रतियोगितामा मोरङ्ग जिल्लाका १६ स्थानीय तहहरुको सहभागिता रहेको छ ।

सम्बन्धित खवर