बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

राजेन्द्र महतो, लहान ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ मल्हनियाँ चौक स्थित पश्चिमबाट पुर्व तर्फ आउदै गरेको एक यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ।

पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना.७ ख.५७९ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कर्जन्हा नगरपालिका ६ बडहरा मिर्चैयाका राम प्रसाद सदाको छोरा २२ वर्षिय पुजन सदाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट घाइते भएका सदाको उपचारका क्रममा मिर्चैया स्थित मंगलम हस्पिटलमा मृत्यु भएको हो ।

मृत्यक सदाको शव पोस्माटमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाइएको ईलाका प्रहरी कार्यलय मिर्चैयाले जानकारी दिएको हो ।

दुर्घटना भएको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दियो ।

सम्बन्धित खवर