भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण : कमल थापा

भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण : कमल थापा

सुनसरी, फागुन १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो समय देशमा बढदै गएको भ्रष्टाचार देशको लागि दुर्भाग्यपूर्ण रहने बताएका छन् ।

घुस बार्गेनिङ् प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटा भ्रष्टाचारीको प्रतिनिधि मात्रै भएको  र गणतन्त्रको स्थापनापछि भ्रष्टाचारको श्रृङ्खला नै यस्तै रहेको उनको भनाई छ ।

उनले भने, ‘नेताहरु कोहिदेखि डराउँदैनन् । राजादेखि डर हुन्थ्यो त्यो पनि साइड लगाए । धर्मदेखि डर थियो धर्म मान्दैनन् । जनतालाई बिभिन्न अकुत सम्पतिबाट किनेर भोट हाल्न लगाइन्छ भन्ने मान्यता राख्छन् । गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामाथि आफुहरुको फरक मत रहेको उनले दोहोर्र्याए । अहिलेको सम्बैधानिक ब्यबस्था जनताले चाहेर नआएको मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बताए ।

फरक प्रशङ्गमा थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् । एमसीसी सम्झौतामा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार थापाले  बताए ।

सम्बन्धित खवर