कामदार बस्ने छाप्रोमा आगलागी

कामदार बस्ने छाप्रोमा आगलागी

काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा बन्दै गरेको टावर नजिक कामदार बस्ने छाप्रोमा आगलागी भएको छ। आगलागी भएको केही छिनमै दमकल पुगेपछि आगो नियन्त्रणमा आएको छ।

महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता श्यामप्रसाद ज्ञवालीले उक्त छाप्रोमा कामदारहरू बस्दै आएको बताए। क्षतिको यकिन विवरण आउन बाँकी छ।

सम्बन्धित खवर