१ नम्बर प्रदेश सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन घोषणा हुँदै, १ सय देखि १० हजार जरिवानाको व्यवस्था ः सामाजिक विकासमन्त्री जिवन घिमिरे

१ नम्बर प्रदेश सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन घोषणा हुँदै, १ सय देखि १० हजार जरिवानाको व्यवस्था ः सामाजिक विकासमन्त्री जिवन घिमिरे


राजकुमारी तामाङ
१६ फाल्गुन २०७६
मोरङको पथरीशनिश्चरे नगरपालिकाको छैठौ नगर सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती जिवन घिमिरेले अब चैत मसान्त भित्र १ नम्बर प्रदेश सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन घोषणा हुने उद्घोष गरेका छन् । उनले सरकारको यो अभियानलाई सहयोग गर्न स्थानिय तह संग आग्रह पनि गरेका छन्
घिमिरेले शिक्षण संस्था, सरकारी कार्यालय, सार्वजनिक संस्था र स्वास्थ्य संस्थाको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने कानुनमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिएका छन् ।
उनले निषेधित क्षेत्र भित्रे सेवन गरेको पाईएमा १ सय रुपैया सम्म जरिवाना लाग्ने, निषेधित क्षेत्र भित्रका कार्यालयमा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्रको सुचना टास गरिनु पर्ने यदि सुचना टास नगरेको पाइएमा ५ हजार जरिवाना लाग्ने र निषेधित क्षेत्र भित्र सुर्तिजन्य पदार्थ बिक्रि वितरण वा प्रर्दशन कर्तालाई १० हजार जरिवाना लाग्ने बताए । घिमिरेले आजभोली मुखको क्यान्सरमा बृद्धि भएका कारण सरकारले यस्तो निर्यण गनु परेको बताए ।
यस्तै सभा मार्फत उनले अब कसैले पनि अपाङग बच्चा जन्माउन नपर्ने दाबि गरेका छन् । प्रदेश १ सरकारले अब दम्पती बिचमा बच्चा जन्माउने सल्लाह भएको ३ महिना अगावै स्वास्थ्य संस्थाको निगरानीमा स्वास्थ्य बच्चा जन्माउनका लागि यसो गरिएको जानकारी दिएका छन् । उनले विभिन्न बिकास निमार्णका योजनाका बारेमा समेत जानकारी दिदै अबको १० वर्षमा कालोपत्रे गर्ने काम नै समाप्त हुने बताए ।
उनले आलम,महरा र बास्कोटा काण्डले अब जति बेला जसको पनि पाला आउने भएकाले ईमान्दार भएर कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिकाको छैठौ नगर सभामा आर्थिक वर्ष २०७६र०७७ मा विनियोजन भएको ६४ करोड रकम बाट हाल सम्म ७ करोड ५९ लाख १२ हजार ४ सय५१ रुपैयाँ १३ पैसा अर्थात २१.८१ प्रतिशत मात्र खर्च भएको देखिएको छ । ठुलठुला योजनाहरु ठेक्का प्रक्रियाबाट कायान्वयनको प्रक्रियामा रहेकाले रकम कम खर्च देखिएको नगरले जनाएको छ ।

सम्बन्धित खवर