छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा ३० वर्षीय विकास आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। दोलखा घर भई ललितपुर महानगरपालिका–५ लगनखेल बस्दै आएका आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

सामान्य विवादमा ललितपुर महानगरपालिका–५ लगनखेल बस्ने दोलखा घर भएका २४ वर्षीय सन्तोष खातीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा आचार्य पक्राउ परेका हुन्।

आरोपित आचार्यलाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो। उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्तापछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घाइते खातीको भने पाटन अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित खवर