२० हजार घुस सहित वडासचिव पक्राउ

२० हजार घुस सहित वडासचिव पक्राउ

धनुषा :   धनुषाको धनौजी गाउँपालिका वडा नम्वर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् । सेवाग्राहीबाट २० हजार घुसलिदालिदै वडासचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको अख्तियारको टोलीले पक्राउ गरेको हो ।

जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले वडासचिव ठाकुरलाई घुस लिइसकेको अबस्थालाई पक्राउ गरेको छ ।

विहिवार पक्राउ परेका वडासचिव ठाकुरलाई बर्दिबास कार्यालयले नियन्त्रणमा राखेको छ । उनीमाथि अनुसंधान भ इरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खवर