सिन्धुलीमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने

सिन्धुलीमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने

सिन्धुली,१६ फागुन – जिल्ला व्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा सदरमुकाम सिन्धुलीमाढी शुक्रबारदेखि तीन दिनसम्म प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।

भ्रमण बर्ष २०२० को अबसरमा र सैनिक दिवसलाई लक्षित गरी आयोजना हुन लागेको उक्त प्रतियोगिताको शुक्रबार दिउसो दुई बजे एक विशेष समारोह बीच प्रधान सेनापती पूर्णचन्द्र थापाले उद्घाटन गर्नु हुने आयोजक संस्थाले जनाएको छ ।

फागुन १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १५० टिमले सहभागिता जनाउने जिल्ला व्याडमिन्टन संघका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार मेन्स सिङगल, मेन्स डबल, मिक्स डबल र भेट्रान डबल सहित चार ईभेन्टमा उक्त प्रतियोगिता सञ्चालन हुने छ ।

प्रतियोगितामा सहभागि हुने टिम मध्ये मेन्स सिङगल ईभेन्ट टिमले एक हजार रुपैया र अन्य ईभेन्टका टिमले दुई हजार रुपैया दर्ता शुल्क बुझाउनु पर्ने उहाँले बताउनुभयो ।

संघका अनुसार मिन्स सिङगल टिममा प्रथम हुनेले ५० हजार रुपैया, द्वितीय हुनेले २५ हजार रुपैया र तृतिय हुनेले १५ हजार रुपैया नगद, पदक र प्रमाणपत्र पाउने छन् । त्यस्तै मेन्स डबल टिममा प्रथम हुनेले ५० हजार रुपैया, द्वितीय हुनेले ३० हजार रुपैया र तृतिय हुनेले २० हजार रुपैया नगद, पदक र प्रमाणपत्र पाउने छन् ।

त्यसैगरी मिक्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैया, द्वितीय हुनेले २० हजार रुपैया र तृतिय हुनेले १० हजार रुपैया नगद, पदक र प्रमाणपत्र पाउने छन् । भेट्रान्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैया, द्वितीय हुनेले २५ हजार रुपैया र तृतिय हुनेले १५ हजार रुपैया नगद, पदक र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगीताको समापन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई ल्याउने लक्ष्य रहेको संघका अध्यक्ष दाहालले बताउनुभयो ।

सम्बन्धित खवर