श्रीमद् भागवत बिराट साप्ताह ज्ञान महायज्ञ बिहिबारबाट सुरु

श्रीमद् भागवत बिराट साप्ताह ज्ञान महायज्ञ बिहिबारबाट सुरु

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा बरदादेवी बान्नीगढी श्रीमद् भागवत बिराट साप्ताह ज्ञान महायज्ञ बिहिबारबाट सुरु भएको छ । महायज्ञका मुल आयोजक समितिका अध्यक्ष कर्ण बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार नेपाली कांग्रेसका संसदिय दलका नेता डा. रण बहादुर रावल रहनु भएका थियो ।

त्यस्तै कार्यक्रमा विशिष्ट अतिथि नेपाली कांग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार, जिल्ला समन्वय समिति अछामका उपसंयोजक टोप बहादुर रावल, आवाल ब्रम्हचारि श्रद्धेय स्वामी श्री निशेषान्नद जी महाराज रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार नेपाली कांग्रेसका संसदिय दलका नेता डा. रण बहादुरले अछाम जिल्लामा धार्मिक एवम् पर्यटक सम्भावनाको खानी भएको बताउनु भएको छ ।

आफ्नो जन्म भुमिको लागी आफु र पाटीको तर्फबाट हुने सहयोगमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले महायज्ञले सबैमा भाइचारा, सद्भाव कायम गरोस भन्ने कामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उप संयोजक टोप बहादुर रावल, जोतिष आचार्य हरिकृष्ण उपाध्यायले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन युवराज शर्माले गर्नु भएको थियो ।

सम्बन्धित खवर