पुलिससँग मछिन्द्र स्तब्ध

पुलिससँग मछिन्द्र स्तब्ध

धरान :  लिग बिजेता मछिन्द्रलाई पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लिग बिजेता मच्छिन्द्र क्लब काठमाण्डौ र बिभागिय टिम नेपाल पुलिस क्लब बिच आज सम्पन्न अन्तिम सेमी फाईनल खेलमा निर्धारित समयमा दुबै तर्फबाट गोल रहित बराबरीमा सकिए पछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा पनि बराबरी गोल भए पछि खेल सडनडेथमा पुगेको हो ।
लिग बिजेता मच्छिन्द्र क्लबका खेलाडी रन्जित धिमाल, बिमल घर्तिमगर, बिजय धिमाल, देबेन्द्र तामाङले गोल गरेका थिए भने बिराज महर्जन, विशाल राई ‘बि’ ले प्रहार गरेको गोल हुन सकेन ।

यसैगरी नेपाल पुलिस क्लबका खेलाडी जुमानु राई, मनिष थापा, पदम भट्टराई, थीर्थ रानामगर, भोला सिलवाल र मनिष थापाले गोल गरेका थिए भने सुमन सुबेदीले गोल गर्न सकेनन् ।

आजको खेलको उत्कृष्ट गोलकर्ता मच्छिन्द्र क्लबका रोजिन धिमाल घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।यसैगरी आजको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका खेलाडी सन्जित श्रेष्ठ घोसित भए । उनले नगद १५ हजार प्राप्त गरे ।
शनिबार २२ औं बुढासुब्बा गोल्ड कपको फाईनल खेल मनाङ मर्स्याङदी क्लब काठमाण्डौ र बिभागिय टिम नेपाल पुलिस क्लब बिच हुनेछ ।

सम्बन्धित खवर