बैतडी : सुदूरपश्चिम भ्रमण रहेका राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश आफैंमा सम्बृद्ध रहेको बताउनुभएको छ । बिहीवार बैतडीको पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश छ उहाँले भन्नुभयो “प्रदेशको समग्र विकासको लागि सम्बन्धित पक्षको ध्यान पुग्नेछ । ”
यसका साथै उहाँले बैतडीले क्रिकेटका राष्ट्रिय तथा अन्तर्यराष्ट्रिय खेलाडी जन्माएकोमा प्रसंसा समेत गर्नुभयो । उहाँले भन्नुभयो “क्रिकेटको विकास र खेलाडी उत्पादनमा बैतडी जिल्लाका ठूलो भूमीका छ ।”
यस्तै उहाँले बिहीवार नै दार्चुलाको मालिकार्जुन गाउपालिका बडा नम्बर ३ म रहेको मालिकार्जुन मन्दिरको दर्शन पनि गर्नुभयो । पूजापछी नागरिक अभिनन्दन गरिएकाे र राष्ट्रपतिले सम्बोधन गर्नु भएकाे राष्ट्रपती कार्यालयका उपसचिव केशवप्रशाद घिमिरेले जानकारी दिए ।