काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली चढेको सवारी दुर्घटना भएको छ ।
महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।
उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।