काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।
पोखरा-१८, जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा आज एक कार्यक्रमकाबीच स्वर्गीय अधिकारिको शालिक अनावरण गरिएको हो ।
पार्कको पूर्वी भागमा बनाइएको शालिक आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका हुन् । पूर्ण कदको शालिक सुर्खेतका तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर बनाएका हुन् ।
मन्त्री अधिकारीको आज कै दिन ठिक एक वर्ष अगाडी ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
पार्कमा रवीन्द्रसहित पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, भीमसेन दाहाललगायत अन्य १८ सहिदका शालिक राखिने जनाइएको छ ।