रामोस सर्वाधिक रातो कार्ड पाउने खेलाडी

रामोस सर्वाधिक रातो कार्ड पाउने खेलाडी

काठमाडौँ । रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा गएराती सम्पन्न च्याम्पियन्स लिगको लियोनविरुद्धको खेलमा रातो कार्ड पाए । खेलको ८६औ मिनेटमा रामोसले रातो कार्ड पाएका हुन् ।

योसँगै रामोसको नाममा एउटा खराब किर्तिमान जोडिएको छ । रामोस च्याम्पियन्स लिगमा धेरै रातो कार्ड पाउने रेकर्डमा आफ्नो नाम लेखाएका छन् । यस अघि च्याम्पियन्स लिगमा चार रातो कार्ड पाउने एजगर डेविडस र जलाटन इब्रहिमोविच हुन् । रामोसले चौथो रातो कार्ड पाउदै दुवैको बराबरी गरेका छन् ।

अब रामोसले सिटीविरुद्ध आफ्नै घरेलु मैदानमा हुने रिटर्न लिग गुमाउने छन् ।

रामोस खेलाडीको रुपमा जति चर्चित छन् त्यो भन्दा बढी उनको फाउल हान्ने बानीका कारण पनि चर्चित छन् । उनको क्यारियरमा यो २६औ रेड कार्ड हो ।

रामोसले अहिलेसम्म ला लिगाका खेलमा २० पटक रातो कार्ड पाएका छन् भने च्याम्पियन्स लिगमा ४ र कोपा डेलरेका दुई खेलमा रातो कार्ड पाएका छन् ।

सम्बन्धित खवर