गोलीबारीमा ५ जनाको मृत्यु

गोलीबारीमा ५ जनाको मृत्यु

अमेरिकाको विस्कन्सिन प्रांतमा बुधबार भएको गोलीबारीमा ५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार,गोली चलाउने व्यक्तिको पनि आफैंले चलाएको गोली लागि मृत्यु भएको छ । विस्कन्सिनको मिल्वाकी शहरमा उक्त घटना घटेको थियो।

स्थानीय अधिकारीका अनुसार गोली चलाउने व्यक्तिको पहिचान भइसकेको र ५१ वर्षीय उनी मिल्वाकी निवासी रहेको बताइएको छ। गोली चलाउनुको उनको उद्देश्यबारे भने अहिलेसम्म पनि थाहा नभएको बुझिएको छ।

घटना पछि उक्त स्थानको स्कुल तथा कार्यालय बन्द गरिएको छ ।

राष्ट्रपति ट्रम्पले घटनामा मारिने पीडित तथा उनीहरुको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै हत्यारालाई दुष्ट हत्यारा भएको बताएका छन्।

सम्बन्धित खवर