च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लियोनले युभेन्ट्सलाई हराएको छ ।

घरेलु मैदानमा ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै लियोनले पहिलो लेगको खेलमा १–० को अग्रता लिएको हो ।

खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

फ्रेन्च क्लबबिरुद्ध निकै आत्मविश्वासी देखिएको युभेन्ट्सले पहिलो लेगमा गोल गर्न असफल रह्यो ।

Juventus' Adrien Rabiot tries to win the ball in midfield in a tussle with goalscorer Tousart

पाहुना टोलीले अधिकांश समय बल पोजिसनमा पकड जमाएपनि गोल निकाल्न भने सकेन ।

गोलका लागि संघर्षरत युभेन्ट्सका लागि पाउलो ड्याबालाले खेलको अन्तिम समयमा गोल गरेका थिए ।

तर रेफ्रीले गोललाई अफसाईडको मान्यता दिएका थिए ।

दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदान एलिनाज स्टेडियममा हुनेछ ।

सम्बन्धित खवर