लाहान १४ फागुन १४
महिलाको विश्वव्यापी हडताललाई सहयोग गर्न आग्रह गरेको छ ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्मा विश्वभरी नै मनाउन लागिएको महिलाको विश्वव्यापी हडताल सिरहामा पनि मनाउन लागिएको अधिकारकर्मी देवकुमारी महराले सहयोगका लागि पत्रकारहरूसंग आग्रह गरेकी हुन् ।
मंगलवार ओरेक नेपालको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अधिकारकर्मी महराले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको अवसरमा विश्वभर नै महिलाहरूले हडताल मनाउन लागेको जानकारी दिइन् ।
अर्का अधिकारकर्मी रेनु कर्णलेले महिलाले एकछिन मात्रै आफूले गरिरहेको काम रोकेको खण्डमा संसार ठप्प हुने बताइन् । ‘त्यसैले महिलाको कामको महत्व दर्शाउन र उनीहरूको कामको सम्मान होस् भन्ने उद्देश्यले ८ मार्चका दिन सबै महिलाहरूलाई एकछिन् आफूले गरिरहेको काम छोड्न आग्रह गरिएको हो’ कर्णले ‘एकैछिन भए पनि आफूले गरिरहेको काम रोक्नुस्, संसार रोकिन्छ । ताकि महिलाको कामको महत्व संसारले बुझोस् ।’
पछिल्लो समय श्रमिक महिला दिवस पैंसा हुने एनजीओरआइएनजीओहरूको नारी क्लवको रुपमा मात्रै मनाइने गरेको भन्दै यसको औचित्य जोगाइराख्नका लागि विश्वभरका महिलावादीहरूले संसारभर महिलाले विश्वव्यापी हडताल मनाउन लागेका हुन् ।
महिलाहरुको कामको मुल्यांकन होस् भन्दै मनाइने ८ मार्च केवल औपचारिकतामा मात्रै सिमित भइरहेको छ । संरचनागत परिवर्तनका लागि काम गर्दै आइरहेका महिलावादीहरू यो विषयमा चिन्तित हुँदै ‘महिला रोकिए, संसार रोकिन्छ’ भन्ने मूल नाराका साथ हडताल मनाउन लागेको अधिकारकर्मी कर्णले बताइन् ।
हडताललाई संसार भरी धेरै वटा ठाउँमा धेरै वटा संस्थाहरूले संयोजन गरेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम ९ए। पी। डब्लु। एल। डी।० ले संयोजन गरिरहेको छ भने नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवम् राष्ट्रिय आदिवासी–जनजाति महिला महासंघले गरिरहको छ । सिरहाको लहानमा ८ मार्च ९ फागुन २५ गते० का दिन विहानदेखि सहिद चौकमा कोणसभा गर्दै महिलाहरु पुरुषले बनाएको चिया खाने कार्यक्रम राखेको छ । यसको लागि नेपाल पत्रकार महासँघ सिरहा शाखाले चिया व्यवस्थापन गर्ने भएको छ । पुरुषहरुले चिया बनाएर सहिद चौकमा आउँने जाने सबै महिलाहरुलाई खुवाउँने कार्यक्रम तय गरेको छ ।