मनाङ धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

मनाङ  धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २-० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

मनाङको जितमा विमल राना र दयानन्द सिंहले एक एक गोल गरे ।

अब मनाङले फाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर