लगातार दोस्रो दिन भएको वर्षाले जलेश्वर-बर्दिवास र जनकपुर-जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ।
बाटो अवरुद्ध भएपछि दुबैतर्फ आउने जाने दर्जनौं सवारीसाधन सडकमै रोकिएका छन्। जिल्लाको प्रमुख सडकखण्डको रूपमा रहेको जलेश्वर-बर्दिवास सडकखण्डको चार लेन सडक निर्माणसहितको स्तरोन्नततीको काम भइरहेका बेला दुई दिनदेखि पानी परेकाले बाटो अवरुद्ध भएको हो।
वर्षाको पानीले बाटो हिलाम्य भएपछि बस, जीप, मोटरसाइकललगायत पैदलयात्रुसमेत समस्यामा परेका छन्। यस्तै वर्षाका कारण जनकपुर-जलेश्वर सडकखण्डमासमेत कुनै-कुनै ठाउँमा सडक निर्माणको काम सम्पन्न नभएकोले यात्रुले कठिनाई बेहार्नुपरेको छ।