तरकारी खेतीमा आकर्षण हुन थाले झापाका किसानहरु

तरकारी खेतीमा आकर्षण हुन थाले झापाका किसानहरु

झापा : अहिले बजारमा जताततै तरकारी बजार भएता पनि विषादीरहित तरकारी पाउँन निकै कठिन छ । किसानहरुले धेरै र छिटाे फलाउने अनि धेरे कमाउँन सकिने भन्दै तरकारीखेतीमा विषादी लगाउँने गरेकाे पाईन्छ । विषादी नलगाउँने किसान अपवादमा मात्र भेटिन्छन ।

तर झापाका एक किसान भन्ने अलि फरक किसिम्मले तरकारीखेतीमा लागेका छन ।तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्छन।

बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उहाँ विषादीरहित तरकारी खेती लागेकाे बताउँछन ।

 

पाँचथरको सुभाङबाट झापा झर्नुभएका अधिकारीले पाँच कठ्ठामा गोलभेँडा, धनियाँ, रायो साग, कोभी, बन्दालगायतका तरकारीखेती गरिरहेका छन्नु । उनले दैनिक १०० मुठा धनियाँ बिक्री गर्ने गरेकाे सुनाए । बिर्तामोड–७ का कृषक डिल्लीराम बाँस्कोटाले दुई वर्षदेखि विषादीरहित तरकारीखेती गरिरहेका छन ।

उनको पनि अधिकारको भन्दा फरक छैन । होमप्रसाद र डिल्लीराम जस्तै कृषक यज्ञप्रसाद अधिकारीले एघार कट्ठामा विषादीरहित तरकारीखेती लगाएका छन ।  तीन कट्ठामा आलु, एक कट्ठामा कोपी र एक कट्ठामा गोलभेँडा लगाएका छन ।

विषादीरहितखेती गर्दा गौरव र सुरक्षित महशुस भएको उनिहरुकाे भनाइ छ ।विषादीको प्रयोगले कृषकहरुलाई समेत असर पुग्छ । उत्पादन राम्रै भए पनि अन्य तरकारीकै मूल्यमा बेच्नुपर्ने बाध्यता भउकाे गुनासाे गरे ।

विषादीको विकल्पमा कृषकले गाईको गहुँत, मोही, विभिन्न किसिमका झारपातको झोलबाट जैविक विषादी बनाएर खेतीमा प्रयोग गर्ने गरेका छन् । मलको लागि गड्यौला र गाईबस्तुको मल प्रयोग गरिएको छ । विषादीरहित तरकारीखेती गरेका कृषकले आफ्नो उत्पादन बजार उचित मूल्यमा बेच्ने वातावरण सिर्जना गरिदिन माग गरेकाे उनीहरु बताउँछन ।

 

बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीरहित कार्यक्रम’ अन्तर्गत यहाँका ४० कृषकलाई गत आर्थिक वर्षमा विषादीरहित तरकारीखेतीका लागि आवश्यक सहयोग गरेको बताए ।  नगरपालिकाले रु १७ लाख अनुदान दिएको कृषि शाखा अधिकृत राजेन्द्र कँडरियाले जानकारी दिए ।

सिँचाइका लागि मोटर, गड्यौला मल उत्पादन, साना टनेल बनाउन आवश्यक सामग्री, ड्रमलगायतका सामान प्रोत्साहनस्वरुप दिइएको छ । चालू आवमा सोही अनुपातमा अन्य कृषकलाई सहयोग गरिनेछ ।

सम्बन्धित खवर