भेरी नदीमा र्‍याफ्टिङ

भेरी नदीमा र्‍याफ्टिङ

रुकुम : अहिले सरकारले अघि सारेकाे भम्रण वर्ष  २०२० लाई भब्य बनाउँन देशै भरिका पर्यटकीय गन्तव्यहरुकाे प्रचारप्रसार सबै तिर भैरहेकाे छ ।

त्यस्तै रुकुम र जाजरकोट सिमाना भएर बग्ने भेरी नदीलाई प्रचारप्रसार र पर्यटन वर्ष २०२० लाई सहयाेग गर्नका साथै नेपाल भम्रण वर्ष २०२० र घुमौं कर्णालीलाई लक्षित गरी कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदीमा र्‍याफ्टिङ गरेको हो।

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको प्रक्रैयाँदेखि चौरजहारीको बाँसखोलासम्म र्‍याफ्टिङ गरिएको हो। नेपाल वर्ष २०२० लाई लक्षित गरी भेरी नदीमा र्‍याफ्टिङ शुरु गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिङ बुढाले जानकारी दिए ।

कर्णाली र भेरी नदी र्‍याफ्टिङका लागि उपयुक्त भएको र कर्णालीका सबै पर्यटकिय क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले नै भेरी नदीमा र्‍याफ्टिङ शुरु गरिएको छ।

भम्रण वर्ष अवधिमा कर्णाली प्रदेश सरकारले कर्णालीमा एकलाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले धनी भएकाले यहाँको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारका लागि पर्यटनसम्बन्धी विभिन्न कार्यक्रम सञ्‍चालन गरिएको हो। भेरी नदीमा शुरु गरिएको चारवटा र्‍याफ्टिङमा झण्डै ४० जना आन्तरिक पर्यटकले र्‍याफ्टिङ गरेका हुन्।

सम्बन्धित खवर