आज सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

आज सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज (बुधबार) प्रतितोला पाँच सय रुपैयाँले घटेको छ। आज प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो (मङ्‌गलबार) सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको भाउ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको थियो। तर, मङ्‌गलबारबाट पुनः घट्न थालेको हाे।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि घट्ने वा बढ्ने गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

सम्बन्धित खवर