तनहुँ । तनहुँस्थित व्यास नगरपालिकामा ट्रकले घर भत्काएको छ । बुधबार विहान भएको उक्त दुर्घटनामा ट्रकले घरमा ठोक्किँदा घर भत्किएको हो ।
तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधबार बिहान सो दुर्घटना भएको हो ।
आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।