नाटकघर निमार्णका लागी अभियान सुरु

नाटकघर निमार्णका लागी अभियान सुरु

उदयपुर : उदयपुरका रंगकर्मीहरुले नाटकघर निमार्णका लागी स्थानिय सरकारलाई दबाद अभियान सुरु गरेका छन् । नाटकका माध्यमबाट समाजको यथार्थता चित्रण गरि समाजिक शन्देश प्रवाह गर्ने उद्धेश्यका साथ जिल्लाका रंगकर्मीहरुले नाटकघर निमार्णका लागी स्थानिय सरकार समक्ष दबाबमुलक अभियान सुरु गरेका हुन् ।

अहिले समाजिक संजाल देखी जिल्ला स्थित औपचारिक कार्यक्रम र चिया पसलहरुमा समेत यो अभियानको चर्चाले स्थान पाईरहेको छ । राज्यले नाटकको महत्व बुझ्न नसकेको र रंगकर्मीहरुलाई उपेक्षा गरिरहेकोे भन्दै उनीहरु संगठित भएका हुन् ।

रंगकर्मीहरुले ‘हाम्रो १ बुँदे माग छ स्थानिय सरकार’ लेखेर सामाजिक संजालबाट अभियान सुरु गरेका छन् । कला, संस्कृतिको जगेर्ना गर्दै सामाज रुपान्तरणका लागी नाटकको महत्वपुर्ण भुमिका रहेको भन्दै नाटक देखाउने घरकै अभाव रहेको उनीहरुको गुनासो रहेको छ ।

दशकौं अघिदेखी आफुहरुले सामाजिक सचेतना अभिबृद्धिका लागी बिभिन्न ठाउँमा नाटक प्रदर्शन गर्दै आएको रंगकर्मी गोपाल कृतीले बताए । ‘हामी आफै संगठित भएर तथा बिभिन्न संघसंस्थाको प्रायोजनमा हामीले नाटक प्रदर्शन गर्दै आएका छौं, नाटकमा सर्बसाधरणको रुची पनि अत्याधिक रहेको पाएका छौं’, उनले भने ।

जिल्लामा रंगकर्मीहरुहको संङ्ख्या धेरै भएपनि स्थानिय सरकार तथा सरोकारवालाहरुको सहयोगको अभावमा आफुहरु अन्य पेशामा आबद्ध रहनुपरेको रंगकर्मी तथा साहित्यकार गोठकृष्ण ठकुरीले बताए । ‘व्याबसायिक रुपमा नाटक देखाउने घर नहुँदा धेरै साथीहरु बिदेश पलायन भएका छन् भने कतिपय अन्य व्याबसायमा लागेका छन्’, उनले भने ।

स्थानिय सरकारले नाटक प्रर्दशनका लागी जग्गा र भवन निमार्णका लागी सहयोग गर्न सके नाटकका माध्यमबाट समाज सुसुचित गराउन लागीपर्ने रंगकर्मीहरुको भनाई छ । नाटक समाजको ऐना भएकाले यसको संरक्षण र संबद्धनमा लाग्नुपर्ने रंगकर्मी युवराज दाहालले बताए ।

सम्बन्धित खवर