प्रतिनिधिसभा ः वनमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रतिनिधिसभा ः वनमन्त्रीसँग सांसदको प्रश्नोत्तर

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सांसदहरुबीच प्रश्नोत्तरको कार्यक्रम छ। सांसदहरुले सोध्ने मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री बस्नेतले जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
बैठकमा अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धि अन्तर्गतको पार्लेमो अभिसन्धीमाथि पनि छलफल हुनेछ ।
संसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नागरिक लगानी कोष (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकुद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ ।
सभामुखले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, कारागार विधेयक, बीऊ बिजन दोस्रो संशोधन विधेयक र विरुवा संरक्षण पहिलो संशोधन विधेयक छलफल र पारितका लागि पेश गरिने संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर