राष्ट्रपति विद्यादेवी भण्डारी आज बैतडी जादै

राष्ट्रपति विद्यादेवी भण्डारी आज बैतडी जादै

राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दनलगायतका कार्यक्रम पनि नगरपालिकाले राखेको छ ।
राष्ट्रपति भण्डारी सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि कैलाली जाँदै छिन् । कैलालीपछि उनी त्यतैबाट डोटी जान लागेकी हुन् ।
राष्ट्रपति पहिलोपटक नगरपालिकामा आउन लागेकाले स्वागतका लागि १ दिन सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख केशबबहादर चन्दले जानकारी दिए ।

सम्बन्धित खवर