नेवा : दय् दवू केन्द्रिय अध्यक्षमा नरेशकुमार

नेवा : दय् दवू केन्द्रिय अध्यक्षमा नरेशकुमार

सिन्धुली, १४ फागुन– संस्थागत रुपमा नेवार समुदायको भाषा, संस्कृति तथा पहिचान संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले गठन भएको नेवा : दय् दवू र नेवा : मिसा दवु सिन्धुलीको प्रथम जिल्ला अधिवेशन मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । नेवा : दय् दवू सिन्धुलीका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन नेवा : दय् दवू केन्द्रिय अध्यक्ष नरेशकुमार ताम्राकारले गर्नुभएको हो ।

अधिवेशनले नेवा : दय् दवूको अध्यक्षमा राज कुमार श्रेष्ठको नेतृत्वमा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । सदस्यहरूमा हरिप्रसाद श्रेष्ठ, विनोद श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, डम्वरबहादुर कर्माचार्य, गुल्पा नेवा खड्की, द्वारिका श्रेष्ठ, विनोद कुमार श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, नबराज श्रेष्ठ, भानुभक्त श्रेष्ठ, सुसिला श्रेष्ठ रहेका छन् ।

त्यस्तै नेवा मिसा दवूको प्रथम अधिबेशनबाट शुशिला श्रेष्ठको अध्यक्षतामा १९ सदसीय कार्यसमिति चयन गरेको छ ।

मंगलबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा विसया श्रेष्ठ, कोषाध्यक्षमा तारा श्रेष्ठ र सहसचिवमा सविता श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । १३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा ममिता श्रेष्ठ, रेसिना श्रेष्ठ, चपला श्रेष्ठ, जानु श्रेष्ठ, सीता श्रेष्ठ, निर्मला श्रेष्ठ, सरिता श्रेष्ठ र सुमित्रा श्रेष्ठ चुनिनुभएको छ ।

सम्बन्धित खवर