काठमाडौं उपत्यकामा मङ्गलबार लेन मिचेर सवारीसाधन चलाउने १ सय ३७ सवारी चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले लेन अनुशासन पालना गराउन कडाइ गर्दै आएको भए पनि कतिपय सवारी चालकले त्यसको बेवास्ता गर्ने गरेका छन्। त्यसरी लेन अनुशासन पालना नगर्नेमाथि कारबाही गरिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार उपत्यकामा कूल २ हजार २ सय ४४ ट्राफिक कारबाही भएका थिए। जसमध्ये सबैभन्दा बढी फुटपाथमा पार्किङ गर्ने २ सय ५१ रहेका छन्।
त्यसैगरी, अनधिकृत पार्किङ गर्ने १ सय ४० सवारीसाधनमा ह्विल/चेन लक गरिएको थियो। सोही दिन सिसी टिभीमार्फत निगरानी गरी ९५ वटा, भाडाका कार तथा ट्याक्सी ८७, टिप्पर ५५, जथाभावी हर्न बजाउने ५१, जेब्रा क्रसिङमा सवारी रोक्ने ३८, मापसे गरी सवारी चलाउने १५ तथा अन्य १ हजार ३ सय ७५ कारबाही गरिएको महाशाखाले जनाएको छ।
उक्त दिन उपत्यकामा भएका ९ वटा सवारी दुर्घटनामा १ जना गम्भीर तथा ४ जना सामान्य घाइते भएका थिए।