सिराहामा लागु औषध सहित एक जना पक्राउ

सिराहामा लागु औषध सहित एक जना पक्राउ

 

राजेन्द्र महतो, लहान : सिरहाको कर्जन्हा नगरपालिका -३ जनक चौकबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्ने धनुषा गणेशमान चारनाथ नगरपालिका -५ टडिया का ३४ बर्शिय तिर्थ बहादुर कार्की छन्।

ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहा बाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका-३ जनक चौकमा चेक जाँच गर्ने क्रममा स १० प ३४०२ नम्बरको मोटरसाइकल मा आउदै गरेको धनुषा गणेशमान चारनाथ नगरपालिका -५ टडिया का ३४ बर्शिय तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र शरीरमा लुकाई छिपाई राखेको डाईलेक्स डिसी 100 ML – ५ बोतल, नाईट्रोभेट- ट्याब्लेट २२ट्याब्लेट र स्पास्मो – १५ट्याब्लेट लागु औषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका कार्कीलाई ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिइको छ l

सम्बन्धित खवर