सर्ज जिनाब्रीको दुई गोलप्रेरित बायर्न म्युनिख विजयी

सर्ज जिनाब्रीको दुई गोलप्रेरित बायर्न म्युनिख विजयी

सर्ज जिनाब्रीको दुई गोलप्रेरित बायर्न म्युनिखले च्याम्पियन्स लिगको अन्तिम १६ मा मंगलबार राति इङ्लिस क्लब चेल्सीलाई ३-० ले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। सुरुआतदेखि नै रक्षात्मक फुटबल खेलेको चेल्सीले दोस्रो हाफमा बायर्नको आक्रामण रोक्न नसक्दा फराकिलो हार बेहोर्नु पर्‌यो।

रोबर्ट लेवान्डोस्कीले ५१औं मिनेटमा दिएको पासको सदुपयो गर्दै गिनाब्रीले भ्रमणकारी बायर्नलाई अग्रता दिलाएका थिए। पहिलो गोलबाट सम्हालिन नसकेको चेल्सीको रक्षापंक्ति छिचाल्दै ५४औं मिनेटमा पुनः गिनाब्रीले गोल गरे।

लेवान्डोस्कीले पेनाल्टी एरियाभित्रबाट दिएको प्रहारलाई जाली चुमाउँदै गिनाब्रीले बायर्नको अग्रता दोब्बर पारेका थिए। यसअघिका दुवै गोलमा पास मिलाएका लेवान्डोस्कीले ७६औं मिनेटमा क्लबका लागि तेस्रो गोल गर्दै टोलीका जित सुनिश्चित गरे।

जितसँगै पहिलो लेगमा बायर्नले ३-० को अग्रता लिएको छ। मार्च १९ मा बायर्नको मैदानमा हुने खेलमा चेल्सीलाई क्वार्टरफाइलनमा पुग्नका लागि कम्तीमा ३-० को जित आवश्यक हुनेछ।

सम्बन्धित खवर