प्रवेश बस्नेतको दुई गोलमा सातदोबाटोको सहज जित

प्रवेश बस्नेतको दुई  गोलमा सातदोबाटोको सहज जित

प्रवेश बस्नेतको दुई गोलप्रेरित सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा मङ्‌गलबार नयाँबस्ती युवा क्लबलाई २–० को नतिजामा पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न आफ्नो पहिलो खेलमा हासिल गरेको सहज जितसँगै सातदोबाटोले प्रतियोगिताको सुखद् सुरुआत गर्‌यो।

पहिलो हाफमा नयाँबस्तीको रक्षापंक्ति छिचोल्न नसकेको सातदोबाटोका लागि ५९औं मिनेटमा प्रवेशले गोल गर्दै अग्रता दिलाएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ८ मिनेट बाँकी रहँदा प्रवेशले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोको सहज जित सुनिश्चित गरे।

जितसँगै लिगको पहिलोचरणमा सातदोबाटोले तीन अङ्‌क जोडेको छ भने नयाँबस्ती अङ्‌कविहीन रहेको छ।

आइतबारदेखि सुरु भएको लिगको शीर्ष एक टोली ए डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम टोली सी डिभिजनमा घटुवा हुनेछ।

सम्बन्धित खवर