१५ लाख भन्दा बढी मुल्य बराबरको अबैध सुन सहित २ जना पक्राउ

१५ लाख भन्दा बढी मुल्य बराबरको अबैध सुन सहित २ जना पक्राउ

 

राजेन्द्र महतो लहान फागुन १३ गते।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा को लहान न – पा -१ सहिद चौक बाट करीब १५ लाख भन्दा बढी मुल्य बराबरको अबैध सुन सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लहान नगरपालिका -१९ को मोहम्मद मोतिउल रहमान र सोही ठाउ को मोहम्मद मुर्तुजा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहान सिरहा बाट खटिएको टोलिले मंगलवार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान न- पा -१ सहिद चौक स्थित मंगलवार बिहान चेक जाँच गर्ने क्रममा  पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहानको सहिद चौकमा काठमाडौंबाट लहान हुदै बिराटनगर तर्फ जाँदै गरेको ना ४ ख ९३५७ नम्बरको बसबाट रिसिभ गरेको अबैध सुन१९ तोला ९७ लाल सुन सहि त दुबै जनालाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय लहान सिरहा अनुसार दुबै जनाको साथबाट सुनको ४ वटा चेप्टो टुक्रा गोलो बनाई राखेको सुन २३३ ग्राम (१९ तोला ९७ लाल) अन्दाजी मुल्य रु.१५ लाख ५८ हजार ७९ रुपैया मुल्य बराबर को रहेको जनाइएको छ। पक्राउ परेका दुबै जनालाई सुन र मोटरसाइकल सहित आबशयक कार्वाही को लागि जिल्ला भन्सार कार्यालय ठाडी, सिरहामा पठाईएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दियो l

सम्बन्धित खवर