म्याग्दी : निकै लामो समय पछि स्थानीय निकायको चुनाव भयो । जनप्रतिननिधीहरु जतातत्तै गाउँगाउँमा पेगेका छन । जनताका समस्या अहिले पनि उस्तै रहेको छ । जनप्रतिनिधी देखि जनताहरुमा चरम निराशा छाएको पाईन्छ । तर म्याग्दीका एउटा गाउँपालिकाले आफ्नो निजी खर्चबाट सडक निर्माण गरेका छन ।
उनी हुन् म्याग्दी रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निजी खर्चमा गाउँपालिकाभित्रको विकट क्षेत्रमा सडक निर्माण गरेका छन ।
वडा नम्बर १ बेगखोलाको चेन्डाँडा, सिमफाँट, भौसरा र चुतर्नीमा अध्यक्ष भण्डारीले पाँच लाख नौ हजार रुपैयाँमा सडक निर्माण गरेका हुन । स्थानीयवासीको अनुरोधमा निर्माण गरिएको साढे दुई किलोमिटर लम्बाइको सडकको सोमबार उदघाटन गरिएको छ । सडक निर्माणपछि सिमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन्।