२० महिनादेखि तलब नपाएपछी विद्यालय संञ्चालन गर्न समस्या

२० महिनादेखि तलब नपाएपछी विद्यालय संञ्चालन गर्न समस्या

उदयपुर

अहिले देशको धेरै जस्तो विद्यालयमा आउँने गुनासो भनेको शिक्षकले तवल मात्र खाए विद्यार्थीलाई राम्रो सँग पढाएनन्, भन्ने आउँने परेको पाईन्छ। तर उदयपुरको कटारी नगरपालिकामा भने ११ वटा विद्यालयका शिक्षकहरुले २० महिनादेखि तलब नपाएको भेटिएको छ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय उदयपुरबाट पिसिएफ अनुदान एकमुष्ट अनुदानबाट संञ्चालनमा रहेका विद्यालयहरुले स्थानीय निकायले शिक्षा समेत हेर्ने जिम्मेवारी पाएपछी भने शिक्षकहरु तलब बिहिन भएका छन। २० महिनादेखि तलब नपाएपछी विद्यालय संञ्चालन गर्न समस्या भएको र सम्बन्धित सरोकारवाला निकायहरुले समेत यो विषयमा ध्यान दिएको शिक्षकहरुले गुनासो गरे।

शिक्षकहरुका अनुसार जिल्ला शिक्षाले नगरपालिकालाई नगरपालिकाले वडालाई तलब दिने निकाय देखाउनेउ पछिने गरेको गुनासो गरे।
उक्त वडाले यो शिर्षकमा बजेट नभएका कारण शिक्षकहरु तलब बिहिन हुनुपरेको बताएको छ।

११ विद्यालयका ११ शिक्षकहरुले दरबन्दी सो सरहको तलबको माग गरिरहेका छन्। पटक पटक नगरपालिकामा लिखित निवेदन दिएपनि तलब नपाएपछी विद्यालयको परीक्षा संञ्चालन गर्न नसक्ने अवस्थामा आईपुगेको बताउँदै शिक्षकहरुले अभिभावकहरुलाई समेत लिएर आन्दोलनमा उत्रने तयारीमा रहेको बताएका छन्। कटारी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक चन्द्रदिप पौडेलले आगामी परिषदमा छलफल गर्ने जानकारी दिए।

तलब नपाउने शिक्षक रहेका विद्यालयहरुमा श्री पंञ्चावती आधारभूत विद्यालय कटारी –११, श्री मंकाली आधारभूत विद्यालय कटारी –१० , श्री सुनकोशी आभारभूत विद्यालय कटारी –१० , आधारभूत विद्यालय झाँक्रीबारी कटारी –१० , वैकल्पिक आधारभूत विद्यालय कोल्बोट कटारी – ८ , कालिका आधारभूत विद्यालय खोरभञ्ज्याङ्ग कटारी –८ , आधारभूत विद्यालय हलेदे कटारी –८ , रहेका छन् ।

त्यसैगरी आधारभूत विद्यालय बाजागाउँ कटारी –९ , पंञ्चकन्या आधारभूत विद्यालय देउराली कटारी –१४ , आधारभूत विद्यालय डाँडागाउँ कटारी –१४ र आधारभूत विद्यालय पोखरिया कटारी –१ का शिक्षकले लामो समयदेखि तलब नपाएका हुन्।

सम्बन्धित खवर