बिमल २२ औं संस्करणकाे बुढासुब्बा गाेल्डकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी

बिमल २२ औं संस्करणकाे बुढासुब्बा गाेल्डकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी

धरान, १३ फागुन । धरानमा जारी २२औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपमा लिग विजेता टोली मछिन्द्र फुटबल क्लबका खेलाडी बिमल घर्तिमगरले ह्याट्रिक गरेका छन् । सन्डे क्लब एफसी कोलकोत्ता विरुद्धकाे खेलमा उनले ह्याट्रिक गरेका हुन् ।

धरान रंगशाला भएकाे अन्तिम क्वाटरफाइनल खेलमा मछिन्द्रले ६–१ गोलले बिजयी भएकाे छ । मछिन्द्रकाे जितका लागि तीन गाेल गरेका बिमल २२ औं संस्करणकाे बुढासुब्बा गाेल्डकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् ।

बिमलले खेलको २० औं मिनेटमा, ८१ औं मिनेटमा र ८७ औं मिनेटमा गाेल गरेका थिए बिमल खेलकाे म्यान अफ द म्याच घाेषित भए ।

सम्बन्धित खवर