सुनको मुल्यले अहिलेसम्मकै रेकर्ड कायम गर्यो

सुनको मुल्यले अहिलेसम्मकै रेकर्ड कायम गर्यो

काठमाण्डौँ । सुनको मुल्यले अहिलेसम्मकै रेकर्ड कायम गरेको छ । सुनको मंगलबार आज सुनको मुल्य तोलाको ८० हजार नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार आज सुनको मुल्य तोलामा १५ सय रुपैयाँले बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदी पनि मंगलबार आज ५ रुपैयाँले बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

आजको सुनको मुल्य अहिलेसम्मकै उच्च मुल्य हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

सम्बन्धित खवर