विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी हुन थाले

विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी हुन थाले

रबिन्द्र बराल, रंगेली

सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि मोरङको रंगेली नगरपालिकाले विद्यालयहरुमा विधुतिय हाजिरी जडान गरेको छ।

विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिकाका शिक्षा साखा अधिकृत रबिन्द्र पंन्डितले बताए । नगरपालिकाले नमूना परीक्षणका लागि पहिलो पटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडितले बताए । पहिलो चरणमा नगरपालिकाले पव्लिम उच्च माध्यमिक बिधालय, आदर्श माध्यमिक बिधालय, जनता माध्यमिक बिधालय, रत्न उच्च माध्यमिक बिधालय, गणेश माध्यमिक बिधालय लागायत १२ बाट बिधालयमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको हो ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। बिधुतिय हाजिरी नहुदा बिधालयमा शिक्षकहरु कहिले ११ बजे कहिले १२ बजे सम्म बिधालयमा हाजिरी हुने गर्दे थिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिका बाटै छड्के अनुगमन समेत गरिदै आएको छ ।

सम्बन्धित खवर