ग्लीम एकेडेमीले मनायो ७ औँ वार्षिकोत्सव

ग्लीम एकेडेमीले मनायो ७ औँ वार्षिकोत्सव

पथरी, मोरङ पथरी शनिश्चरे ५ मा रहेको ग्लीम एकेडेमीले आफ्नो ७ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए । विद्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालले ग्रामिण क्षेत्रमा रहेको ग्लीमले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । गाउँ गाउँमा शिक्षाका लागि संस्थागत विद्यालयहरुले महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै अझै संस्कार सहितको शिक्षामा जोड दिनुपर्ने भन्दै धिमालले शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङ, एनप्याब्सन मोरङ सचिव नारायण ढकाल, एनप्यब्सन पथरी शनिश्चरे नगर अध्यक्ष थीर प्रसाद आचार्य, वडा नं. ५ सदस्य चेतन खड्का, अरनिको मेमोरियल अमरदहका प्रिन्सीपल पुष्पमणि भारती लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेषराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर