रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ५ को आयोजनमा ६० जना जेष्ठनागरिकलाई एक सय रुपैँया नगदसहित पानी छान्ने फिल्टर बितरण गरिएको छ ।
सोमबार वडा कार्यालयले कार्यालय परिसरमै जेष्ठनागरिकहरुलाई बोलाएर एक कार्यक्रमको आयोजना गरी नगदसहित फिल्टर बितरण गरेको छ । त्यसका लागि वडाले ८० हजार खर्चेको वडा अध्यक्ष डेगराज फुयालले जानकारी दिए ।
त्यस्तै लायन्स क्लब अफ रामधुनी सिटी र लायन्स क्लब अफ रामधुनीले अपाङ्गता भएका ब्यक्तिहरुको सहजताका लागि ३ ओटा ह्वीलचियर प्रदान गरेका छन् । वडा नम्बर १ निवासी वुधनारायण वातरलाई एउटा, वडा कार्यालयलाई एउटा र आधारभुत स्वास्थ्य सेवा केन्द्र रामधुनी–५ लाई एउटा ह्वीलचियर लायन्सको तर्फबाट प्राप्त भएको वडा कार्यालयले जनाएको छ ।