नेकपाले एक अर्काको विगतको इतिहास सहजै स्वीकार गर्नुपर्छ : चौलागाईं

नेकपाले एक अर्काको विगतको इतिहास सहजै स्वीकार गर्नुपर्छ : चौलागाईं

फागुन, १२, २०७६
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा भएको सहिद प्रष्तिठान नेपाल उदयपुरले जनयुद्धका सहिद प्रति श्रद्धाञ्जली तथा भेटघाट कार्यक्रम बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य युवराज चौलागाईंले जनयुद्ध स्वीकार नगरे नेकपा नबन्ने बताएका छन।

अहिले यो परिवर्तन जनयुद्धले मात्र सम्भव भएको भन्दै जनयुद्धको अस्तित्व र उपलब्धि संस्थागत गर्न नसके पार्टी नबन्ने बताएका छन । तत्काल (माओवादी) र एमाले बीच भएको एकतामा एक अर्काको विगतको इतिहास सहजै स्वीकार गर्नु पर्ने बताए । अहिले पार्टी एकता भैसके पनि एक खाले समुहले महान जनयुद्धको अस्तित्व स्वीकार गर्न आनाकानी गरेकोको जानकारी दिए ।

अध्यक्ष प्रचण्डलाई केही शक्तिहरुले विगतमा विदेशमा हुने कार्यक्रम जान खोज्दा रोकेको र अग्नि सापकोटा लाई समेत सभामुख हुने बेला रोक्ने खोजेको अवस्थामा कतिपयले जनयुद्धले गरेको परिवर्तन र उपलब्धि स्वीकारे र सतामा पुगे पनि जनयुद्धका नेताहरु लाई स्वीकार नगरेको समेत बताए। नेता चौलागाईंले भने “सहिदका परिवारहरुले अहिले पनि आफन्तको वियोगमा चार्डपर्वहरु मनाउने नसकेको र आफ्नो कान्छो भाइलाइ समेत सेनाले मार्देकोले परिवारमा कहिले चार्डपर्व समेत नआएको बताए ।“

कार्यक्रममा उपस्थिति सहिद परिवारका आफन्तहरुले सरकार र पार्टिले सहिद परिवारलाई बिर्सेको र सहिद परिवारमा आत्मा सम्मान नभएको गुनासो गरेका छन। साथै कार्यक्रमबाट सहिद प्रतिष्ठान उदयपुरले जीवन कार्कीको अध्यक्षतामा ८ जना समिती गठंन गरेको छ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य मोहन खत्री, राजन किराती पार्टी जिल्ला अध्यक्ष बिनोद कटुवा “दिवस” लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर