अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ खरिबोटका तिलबहादुर कुमालको पसलमा आगलागी भएको छ।
सोमबार बिहान बिजुलीको तार सर्ट भई आगलागी हुँदा नगद ४० हजार रूपैयाँ र पसलका सामान जलेर करिब २ लाख ८० हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
यसैगरी इलामको देउमाई नगरपालिका–९ सेवा खोलाका हर्क लोहागुनको कच्ची घरमा पनि विद्युत सर्ट भई आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
सोमबार बिहान आगलागी हुँदा लोहागुनको घर, अन्नपात, भाँडावर्तन जलेको प्रहरीले जनाएको छ।