बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी सहायक निरीक्षक पक्राउ

बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी सहायक निरीक्षक पक्राउ

नौं महिनाअघि सहकर्मी महिला प्रहरीलाई बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा राजेन्द्र राई हुन्। एक महिला प्रहरीले उनीविरुद्ध महिला तथा बालबालिका सेल कालिमाटीमा उजुरी दिएपछि राईलाई पक्राउ गरिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा म्यादपछि प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ।

बोगटीका अनुसार आरोपित राजेन्द्रले फागुनको १ गते राजीनामा दिएका थिए।

सम्बन्धित खवर