मनाङ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मनाङ  बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान : मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा बेलबारी फुटबल क्लबविरुद्ध ४–० गोलको शानदार जित निकाल्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङलाई जिताउन दयानन्दले २ गोल गरे भने निशान लिम्बू र विमल रानाले समान एक–एक गोल गरेका थिए । मनाङले खेलको २३औं मिनेटमा निशान लिम्बूको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

खेलमा दुई गोल गरेका दयानन्द म्यान अफ द म्याच घोषित् भए । अब मनाङले सेमिफाइनलमा यूकेएफसीसँग खेल्नेछ ।

सम्बन्धित खवर