दुर्घटनामा परी सिन्धुलीमा एकको मृत्यु

दुर्घटनामा परी सिन्धुलीमा एकको मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको छ । गाडीको ठक्करबाट श्रेष्ठको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् । राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौँ देखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

सम्बन्धित खवर