३६ साल देखि पानीको दुःख झेल्दै आएका वडावासीले वडाबाट ट्युवेल पाए

३६ साल देखि पानीको दुःख झेल्दै आएका वडावासीले वडाबाट ट्युवेल पाए

भीमराज अधिकारी, पथरी

तराइमा पनि पिउने पानीको हाहाकार नै मच्चिने गरेको छ । अहिलेपनि प्रत्येक घरमा कल (ट्युवेल) छैनन् । मोरङ पथरी शनिश्चरे वडा नं. ८ का धेरैजसो स्थानमा पिउने पानीको समस्या छ ।

हाललाई केही राहत होस भन्ने ठानेर वडा कार्यालयले १२ थान कल वितरण गरेको छ । आइतबार वडाले संयुक्त रुपमा प्रयोग गर्नेगरी १२ थान कल वितरण गरेको वडा अध्यक्ष बाबुराम दाहालले बताउनुभयो । ८÷१० घरका मानिसले एउटै कलको पानी पिउनुपर्ने बाध्यतालाई कम गर्न वडाले खानेपानी ट्युवेल जडान शीर्षकमा १ लाख रुपैया विनियोजन गरेको दाहालले बताउनुभयो ।

२०३५÷०३६ सालमा झोडा फाडेर बसेको बस्तीले शुक्रबारे देखि केही तल्लो भागमा रहेको कुवाबाट पानी पिउने गरेको स्थानीय रमेश खतिवडाले बताउनुभयो । कुवाको पानी पनि सुकेपछि ३ वर्ष अघिदेखि सामुहिक रुपमा कलको पानी पिउन थालेको खतिवडाले बताउनुभयो । सामुहिक रुपमा ७ घरले एउटै कल प्रयोग गर्दा निकै समस्या थियो । अब वडाले कल सहयोग गरेपछि ४ घरले संयुक्त रुपमा प्रयोग गर्ने खतिवडाले बताउनुभयो । कल गाड्ने ठाउँमा पानी नआउने भएपछि १ सय मिटर टाडा कल गाडेर पानी लानुपर्ने बाध्यता रहेको खतिवडाले बताउनुभयो ।

खतिवडा जस्तै मंगलबारेका उमेश सुन्दासको पनि पिडा उहि छ । १ सय १० फुट सम्म कल गाड्दा पनि पानी आउँदैन । ४ घरले मिलेर एउटै कल प्रयोग आएका थियौँ, अब २ घर मिलेर एउटा कल चलाउछौँ । वडाले धेरै सहयोग गरेको छ – सुन्दासले भन्नुभयो ।

वडाले १ लाख रुपैयामा एउटा कुवा सफाई र १२ कल, सो कलमा लाग्ने सम्पूर्ण सामग्री सहयोग गरेको छ । कल गाड्ने जिम्मा उपभोक्ता आफैले व्यहोर्नुपर्ने वडा सचिव लिलाराज भट्टराईले बताउनुभयो ।

सम्बन्धित खवर