दुई फरक दुर्घटनामा तीन जनाको मृत्यु

दुई फरक दुर्घटनामा तीन जनाको मृत्यु

१२ फागुन, काठमाडौं । ललितपुर र भक्तपुरमा भएको फरक–फरक सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते दुबै जनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरी भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा राति मृत्यु भएको छ । ट्रकको ठक्कर बाट ११ वर्षीय बालक तिलक मकाजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने बा ३ क ३५८८ नम्बरको ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर