मोरङका कमलप्रसाद पोखरेल ठगीको आरोपमा पक्राउ

मोरङका कमलप्रसाद पोखरेल ठगीको आरोपमा पक्राउ

टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनासँग ३९ लाख ५६ हजार ठगी गरेको प्रहरीले जनाएको छ । उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर